अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्मचारीलाई अध्यक्ष ओलीको निर्देशन- ‘जसको सरकार आए पनि सहयोग गर्नु, कांग्रेसले जस्तो असहयोग नगर्नु’

एमाले कर्मचारीलाई अध्यक्ष ओलीको निर्देशन- ‘जसको सरकार आए पनि सहयोग गर्नु, कांग्रेसले जस्तो असहयोग नगर्नु’


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुन पार्टीको सरकार आए पनि सहयोग गर्न अपिल गर्नुभएको छ ।

आफू प्रधानमन्त्री हुँदा कांग्रेसले आफ्ना कर्मचारीलाई सरकारलाई सहयोग नगर्न निर्देशन दिएको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईंहरु त्यसो नगर्नुहोस्, जसको सरकार आए पनि नियम कानूनको परिधिभित्र रहेर काम गर्नु ।’

नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई काठमाडौंमा शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू पनि भ्रष्टाचार नगर्न र अरुलाई पनि भ्रष्टाचार गर्न नदिनसमेत निर्देशन दिनुभयो ।

आफूले दोस्रोपटक प्रधानमन्त्रीको शपथ लिएकै दिन आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने निर्णयले भ्रष्टाचारीको मतमा ढ्यांग्रो ठोकेको उल्लेख गर्नुभयो ।