काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले मन्त्री बन्न भनी आएको प्रस्ताव अस्वीकार गरेको दाबी गर्नुभएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा सरकार बनेलगत्तै मन्त्री बन्न प्रस्ताव आएपनि आफूले अस्वीकार गरेको उहाँको भनाइ छ । ‘अहिले होइन, धेरै पहिला आएको प्रस्ताव हो,’ थापा र अधिवक्ता गोविन्द बन्दीलाई मन्त्री बनाउने तयारी भइरहेको समाचार सार्वजनिक भइरहेकाबेला उहाँले संक्षिप्त जवाफ दिनुभयो, ‘वर्तमान सरकार बनेलगत्तै प्रस्ताव आएको थियो, मैले इन्कार गरेको हुँ ।’
आफूले मन्त्री पद अस्वीकार गरिसकेकाले त्यसबारे चर्चा गरिरहन आवश्यक नरहेको थापाको जिकिर छ ।







प्रतिक्रिया