अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्च सवाल

न्यायिक इतिहासमा अनौठो घटनाः प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरुको आन्दोलन, राजीनामाको मुडमा ‘विवादित प्रधानन्यायाधीश’

न्यायिक इतिहासमा अनौठो घटनाः प्रधानन्यायाधीशविरुद्ध न्यायाधीशहरुको आन्दोलन, राजीनामाको मुडमा ‘विवादित प्रधानन्यायाधीश’


काठमाडौं– नेपालको न्यायिक इतिहासमा सोमबार अनौठो घटना घट्यो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध न्यायाधीशहरु एकजुटमात्रै भएनन्, इजलास बहिष्कार गरे । उनीहरुले चोलेन्द्रको राजीनामा नभएसम्म यस्तै गतिविधि गरिरहने स्पष्ट संकेत गरेका छन् ।

न्यायाधीशहरूले आज प्रधानन्यायाधीशलाई भेट्ने कार्यक्रम छ ।

सर्वोच्च स्रोतका अनुसार ‘विवादित प्रधानन्यायाधीश’ राणाले अब राजीनामा दिनुपर्ने हुन सक्ने निकटवर्तीहरुलाई बताउनुभएको छ ।

नेपाल बार एसोसिएसनले अहिलेको समस्या समाधान गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकास दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बिहान ११ देखि ४ बजेसम्म बसेको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । बारले आज आफ्ना सल्लाहकारहरुसँग छलफल गर्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशहरूले आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका हुन् ।

संविधान बमोजिम अदालतहरू र न्यायिक निकायहरूको न्याय प्रशासन कार्य प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको रहनेमा दुई मत नहुने उनीहरूको ठहर छ । वर्तमान प्रधानन्यायाधीशको विभिन्न भूमिकालाई लिएर अनेकौं चर्चा परिचर्चा, गुनासो र निन्दा सार्वजनिक भएको बारे आफूहरूको ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् ।

विज्ञप्तिमा अहिलेको समस्या प्रधानन्यायाधीश जबरा स्वयंले सिर्जना गरेको भन्दै त्यसको जबाफदेही ग्रहण गर्नु आग्रह गरिएको छ

जनआस्था र विश्वासलाई नै आफ्नो वैधताको स्रोत मान्ने न्यायपालिकाप्रति आमजनताको विश्वास टुटे देशको संवैधानिक पद्धति र लोकतन्त्र घातक हुन जाने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पछिल्लो समय कार्यपालिकामा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि प्रश्नहरू उठिरहेका बेला सर्वोच्च अदालत बार एसोसिएसनले राणाको राजीनामा मागेको छ ।

सर्वोच्च बारले जारी गरेको विज्ञप्तिमा आज बस्ने भनिएको फुल कोर्टसमेत बसाउन नसकेर प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ अनुसारको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जनाएको छ ।

बैठकले यसअघिका विभिनन समितिका प्रतिवेदन र प्राप्त सल्लाह, सुझावका आधारमा न्यायिक नेतृत्व पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै ‘न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि’ भन्दै प्रधानन्यायाधीश राणालाई ‘मार्गप्रशस्त गर्न’ माग गरेको छ ।