काठमाडौं – पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गर्नुभयो ।
‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै उहाँले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानूनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुभयो ।
पूर्वराष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुर्याएको बताउनुभयो । उहाँले सारा न्यायाधीशहरु, नेपाल बार, कानूनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गर्नुभएको छ ।
न्यायालयमा सारा न्यायाधीशहरु एकातिर छ । बुद्धिजीविहरु एकातिर छ । संविधानविद्हरु, कानूनविद्हरु एकातिर छ । यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोडिदिन’, उहाँले भन्नुभयो, ‘केही नभएपनि एक्लै बेन्चमा बस्छ । कसको तागतमा ?’
तर पनि कि आजसम्म पोलिटिकल पार्टीहरुले उनीहरुको त कुरा छोडिदिऊँ । सरकार देशको प्रतिनिधि हो । ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानूनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नु पर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ? आज संसारको सामून्य न्यायालयको अवस्था यस्तो छ । तर, सम्माननीय प्रधानमन्त्री बेलायत जानु भएको छ । तर आज बेलायतको सामुन्ने संसारसामु न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुने टाउको देखाउन सक्छौं ?’





प्रतिक्रिया