अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले १०औं महाधिवेशनबाट देशभरका जनता खुशी हुँदा एकजना मात्रै बेखुशी छन् : सूर्य थापा

एमाले १०औं महाधिवेशनबाट देशभरका जनता खुशी हुँदा एकजना मात्रै बेखुशी छन् : सूर्य थापा


चितवन – एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमाले १०औं महाधिवेशनबाट देशभरका जनता खुशी हुँदा एक जना मात्रै बेखुशी बनेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्नुभएको छ ।

भरतपुरमा प्रेस चौतारी नेपालले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले भन्नुभयो, ‘मैले नाम लिन चाहिनँ । एक जना मात्रै बेखुशी छन्, उहाँ पानी विनाको माछा जस्तै छटपटिएका छन् । घेराबन्दीमा पारेर मलाई र मेरो छोरीलाई समाप्त पार्न षड्यन्त्र गर्दैछ। उहाँ जनप्रनिधि पनि हुन्, दुःखका कुरा साच्चै भन्ने हो भने हाम्रो मतले नै निर्वाचित भएका हुन् । उचाई पुगेका नेताले त्यसो नगरिदिएको भए हुन्थ्यो ।’

चितवन क्षेत्र-३ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री प्रचण्ड एमाले महाधिवेशनमा शुभकामना समेत नदिएर आफ्नो कद घटाएको थापाले टिप्पणी गर्नुभयो । ‘हाम्रो महाधिवेशनबाट बेखुशी कोही छैनन्, जनसमुदाय खुशी छन्, चितवनका व्यवसायी खुशी छन्, चितवनका सबै क्षेत्र खुशी छन्, देश खुशी छ,’ उहाँले भन्नुभयो, ‘तर एक जना मान्छे मात्रै बेखुशी छन् । एमालेको महाधिवेशनलाई शुभकामना दिएको भए उहाँको कद बढ्थ्यो । आफ्नो कद आफैं नघटाएको भए हुन्थ्यो ।’

थापाले चितवनमा सम्पन्न एमालेको १०औँ महाधिवेशन सानदार रुपमा सफल भएको दाबी गर्नुभयो ।