अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय राजनीतिमा नेहा बोरा नयाँ आशाका रूपमा उदाउँदै छिन्: महासचिव पोखरेल

भारतीय राजनीतिमा नेहा बोरा नयाँ आशाका रूपमा उदाउँदै छिन्: महासचिव पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ नयाँ आशा र भरोसाका रूपमा उदाउँदै गरेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नेहा बोराले शालीन र शान्तिपूर्ण आन्दोलनको शक्ति प्रमाणित गरिरहेको उल्लेख गरेका हुन्।

महासचिव पोखरेलले नेहाको नेतृत्वमा देखिएको आन्दोलनले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशा सञ्चार गराएको बताएका छन्।

‘भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ एउटा नयाँ आशा र भरोसाको रूपमा उदाउँदै छिन्। शालीन र शान्तिपूर्ण आन्दोलनको वास्तविक शक्ति के हो भन्ने कुरा उनले प्रमाणित गरेर देखाइरहेकी छिन्। यसले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशाको सञ्चार गराएको छ,’ महासचिव पोखरेलले लेखेका छन्।

महासचिव पोखरेलले नेहा बोरा र भारतीय युवाहरूलाई बधाईसमेत दिएका छन्।