अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन : सचिव भट्टराई 

एमाले र गैंडा समान छ, जाइलाग्नेलाई छोड्दैन : सचिव भट्टराई 


चितवन – नेकपा एमालेका सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै एमालेलाई ख्याल ठट्टा, जिस्काउने र जाइलाग्नेलाई नछाड्ने चेतावनी दिनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्ने चेतावनी दिनुभएको हो।

एमाले १०औं महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा आलोचना गर्नेहरुलाई लक्षित गर्दै भट्टराईले एमाले र गैँडामा समानता रहेको तर्क सुनाउनुभयो । ‘नेकपा एमाले र गैँडामा केही समानाता भएको हुनाले नै गैँडा छानेको हो,’ उहाँले भन्नुभयो, ‘गैँडा अति नै सज्जन प्राणी हो, तर गैँडालाई जिस्क्याउने, हिर्काउने, लखट्ने जस्ता व्यवहार गर्नेलाई गैँडाले छोड्दैन, लखेट्, एमाले त्यस्तै छ हो ।’

सचिव भट्टराई भन्नुहुन्छ, ‘एमाले शान्त छ, आफ्नै गन्तव्य र भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’

एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनी पनि भट्टराईले दिनुभयो । उहाँले  चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको दाबी गर्नुभयो । अब त्यसको रिजल्ट आगामी चुनावमा एमालेको बहुमत नै आउँछ । एक–दुई रन लिने सुविधा छैन, चौका, छक्कानै हान्नुपर्छ । हाम्रा व्याट्सम्यानहरु मैदानमा छन्, अब चौका छक्का हान्ने हो,’ क्रिकेट खेलको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘एकदिवसीय वा लामो सिरिजको खेल होइन, यो ट्वान्टी ट्वान्टी हो, छिटो हानिन्छ, छिटो जितिन्छ। त्यसैले दर्शकलाई त्यो मजा दिन्छ । अब एमालेले आफ्ना ब्याट्सम्यानहरु निकालिसक्यो, सेकेण्ड इनिङकोअब सुरु भैसक्यो ।’

उहाँले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँडेको बताउननुभयो । एमाले महाधिवेशनको उद्घाटनसत्रमा ७ लाख भन्दा बढी जनता सहभागी भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रर्दशन नगर्ने निर्णय गर्न बाध्य भएका छन्।’

सचिव भट्टराईले पाँच दलीय गठबन्धन सरकारले देशमा बेथितिहरु ल्याएकाले छिटै निर्वाचनमा गएर नयाँ जनादेशसहितको सरकार बनाउनु पर्नेमा जोड दिनुभयो । ‘गठबन्धन सरकारकै कारण लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेका छन्, संविधान कता छ खोज्नुपर्ने बेला भएको छ । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त छन्,’ उहाँले भन्नुभयो, ‘सार्वजनिक खरिद ऐन संशोधन हुँदैछ भन्ने समाचार सुन्दै छु, त्यो भनेको गठबन्धनमा आवद्ध भएकालाई राज्यको सम्पत्ति दुरुपयोग गर्न दिने, लूट मच्चाउने प्रपन्च हो।’