अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘केपी बा’ स्पोर्टस् क्लबद्वारा लिपुलेकमा भारतले बनाउदै गरेको सडक निर्माण रोक्न प्रधानमन्त्रीसँग माग

‘केपी बा’ स्पोर्टस् क्लबद्वारा लिपुलेकमा भारतले बनाउदै गरेको सडक निर्माण रोक्न प्रधानमन्त्रीसँग माग


बाजुरा -केपी बा स्पोर्टस क्लब बाजुराले भारतले लिपुलेक क्षेत्रमा विस्तार गर्न लागेको सडक निर्माण कार्य रोक्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएर नेपाली भूमिमा सडक निर्माणको कार्य तत्काल रोक्न माग गरेको हो ।

खेल क्षेत्रको प्रवद्र्धनका लागि स्थापना भएको क्लब समर्थक युवा विद्यार्थीले प्रधानमन्त्रीलाई नै सम्बोधन गरी ज्ञापन पत्र बुझाएको क्लबका अध्यक्ष लक्ष्मण रोकायाले बताउनुभएको छ । ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णनन्द जैशीलाई बुझाइएको हो ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने दर्जनौ आधार र प्रमाणहरु भएपनि भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा मात्र समेटेर सडक निर्माणको काम अघि बढाउने कार्य प्रति क्लबले आपत्ती जनाएको छ । यो भूमीलाई समेटेर केपी ओली सरकारले नेकपालको नयाँ नक्सा प्रकाशन गरेको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको पुस १५ गते नेपाली भूभाग लिपुलेकमा सडक विस्तार गर्ने घोषणा पछि मानसरोवर तीर्थ यात्रा मार्गको नाममा सडक निर्माणको काम जारी छ । नेपालको भूमिमा भारतीय हस्तक्षेप भइरहँदा वर्तमान गठबन्धन सरकार भने मौन देखिएको आरोप पत्रमा उल्लेख छ ।

कुटनीतिक पहलबाट भूमि फिर्ता गर्ने अठोट गरेको ओली सरकारको बर्हिगमनसँगै थप कुनै प्रक्रिया अघि बढेको छैन् । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक केन्द्र बनाउने सहमतिबारे नेपालले जानकारी माग गर्दै कूटनीतिक नोट पठाएको थियो । त्यसको समेत भारतबाट बेवास्ता गरिएको लेखिएको छ ।
‘हामी भूगोलको आकारमा सानो छौं, जनसंख्या कम छ, यसो भन्दैमा राष्ट्रियता, स्वाधिनता र सार्वभौम अधिकारमा कमजोर र निरह छैनौं । भारत अंग्रेजको गुलाम बन्दा नेपाल स्वाधिन र स्वतन्त्र मुलुक थियो र अहिलेपनि छ ’ ज्ञापन पत्रमा भनिएको छ ‘नेपाली भूमिमा खुलेआम सडक निर्माण कार्य जारी राख्दा वर्तमान सरकारको मौनता भने आम नेपाली नागरिकलाई सह्य छैन ’ ज्ञापन पत्रमा उल्लेख छ ।