अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूलाई लगाइदिए दसैँको टीका

महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूलाई लगाइदिए दसैँको टीका


काठमाडौं-प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बडादसैँ २०८३ को अवसरमा बिहीबार नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई टीका र जमरा लगाइदिएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले उपस्थित प्रहरी कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई टीका र जमरा लगाइदिँदै सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित प्रहरी कर्मचारीलाई जमरा तथा प्रसाद वितरण गरेकी थिइन्।

इच्छुक प्रहरी कर्मचारीलाई टीका लगाउन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको थियो। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक (डीआईजी) लगायत वरिष्ठ प्रहरी अधिकृत, पूर्वप्रहरी कर्मचारी, प्रहरी अधिकृत तथा जवान र उनीहरूका परिवारका सदस्यको उपस्थिति रहेको थियो।

टीका ग्रहण कार्यक्रमका क्रममा सहभागीहरूले एकापसमा विजयादशमीको शुभकामना आदानप्रदान गरेका थिए।