अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु


काठमाडाैँ-अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्र्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए। छोराको नाम खुलिसकेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।