जनकपुर -प्रदेश २ को नाम र राजधानीको लागि भइरहेको मतदानको समाचार संकलन गर्न पत्रकारलाई परिसरभित्र प्रवेशमा निषेध गरिएको छ।
दलहरुले दिनहुँ भीडाड गरेर भेला, पार्टी प्रवेश जस्ता कार्यक्रम गरिरहँदा प्रदेश २ को नाम र स्थायी राजधानीका लागि प्रदेश सभामा सोमबार हुन लागेको मतदानको समाचार संकल गर्न रोक लगाइएको हो।
कोरोनाको जोखिम रहेकाले प्रदेश सभा परिसरमा समेत प्रवेश गर्न पत्रकारलाई रोक लगाएको हो।
सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन्।
प्रदेश सभा परिसरमा पुगेर समेत मतदानको समाचार संकलन गर्न रोक लगाएकोपछि पत्रकारहरुले प्रदेश सभा परिसरको मूलद्वारमा पेन डाउन गर्ने तयारी गरेका छन्।
प्रदेश सभा बैठक पनि डेढ घण्टा ढिलो सुरु भएको छ। बिहान ११ बजेका लागि बोलाएको प्रदेश सभा बैठक १२स् ३० बजे सुरु भएको हो। छलफलपछि मतदान हुने छ।
प्रतिक्रिया