अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटन गरेर बैशाखमा संघीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावमा छलफल गर्न आज गठबन्धन बैठक

संसद विघटन गरेर बैशाखमा संघीय निर्वाचन गर्ने प्रचण्डको प्रस्तावमा छलफल गर्न आज गठबन्धन बैठक


काठमाडौं -संसद विघटन गरेर बैशाखमा संघीय संसदको निर्वाचन गर्ने प्रचण्डको प्रस्तावमा छलफल गर्न आज गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने बैठक बसेर प्रचण्डले अघिल्लो बैठकमा गरेको प्रस्तावको बिषयमा ब्यापक छलफल हुने नेताहरुले बताएका छन् ।
आजको बैठकमा स्थनीय र संघीय निर्वाचनका बारेमा नै छलफल हुने माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिनुभएको छ ।
निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।