अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवालक्षित नीति बनाएर अगाडि जानुपर्छ : मन्त्री गहतराज

युवालक्षित नीति बनाएर अगाडि जानुपर्छ : मन्त्री गहतराज


भक्तपुर – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले युवालक्षित नीति बनाएर अगाडि जानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद् सानोथिमिको सातौँ स्थापना दिवसका अवसरमा परिषद्मा आयोजित नेपाली युवाको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

देशका तीनथरिका युवाहरू रहेको चर्चा गर्दै मन्त्री गहतराजले भन्नुभयो, “देशमा केही गर्न सम्भव छैन भनेर विदेश जाने, विदेश गएर पनि केही गर्न नसकिने रहेछ भनेर देशमै फर्किएर सफल भएका युवा, जिन्दगीमा केही गर्न सकिँदैन भनेर निराश भएका युवा छन् यी सबै प्रकारका युवालाई सम्बोधन हुने गरी युवालक्षित राष्ट्रिय नीति बनाएर अगाडि जानु आवश्यक छ ।”

dWok’/ lyld, !( kmfu’gM cGt/lqmofdf dGqL uxt/fh /fli6«o o’jf kl/ifb\, ;fgf] l7dLsf] ;ftf}F :yfkgf lbj;sf cj;/df laxLaf/ kl/ifb\df cfof]lht g]kfnL o’jfsf] jt{dfg cj:yf, r’gf}tL / cj;/ ljifos cGt/lqmofdf x’Fb} o’jf tyf v]ns’bdGqL dx]Zj/hª\u uxt/fhnufot ;xefuL. tl:a/ M /Tg >]i7÷/f;;

उहाँले समाज र देश परिवर्तन तथा रूपान्तरणका लागि युवाहरूको विश्वास र भरोसा आवश्यक रहेको भन्दै युवाहरूले असल सोच र कर्म गरे देश र जनताको भलो हुने बताउनुभयो । उहाँले समाजका हरेक क्षेत्रका असल कार्य र सत्कर्ममा युवालाई लगाउनुपर्नेमा डोहो¥याउनुपर्नेमा जोड दिनुभयो ।

युवाहरूलाई निराश हुने अवस्था आउन दिन नहुने चर्चा गर्दै उहाँले युवामैत्री वातावरण बनाएर जानु आवश्यक रहेको औँल्याउनुभयो । परिषद्ले युवालाई सपना देखाउने र मूर्तरूप दिने नीति योजना ल्याउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “युवा कोषबाट तालिम दिने काम मन्त्रालयपिच्छे नै छ, यो छरिएर रहेको कार्यक्रम र बजेट एकत्रित गर्दै परिषद्बाट गर्ने गरी योजना बनाइरहेका छौँ ।” उहाँले मानिसको औसत आयु पनि बढिरहेको छ भन्दै रोजगारीमा अवकाशको अवधि ५८ वर्षबाट हटाएर ६० वर्षमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।