काठमाडौं-श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पुगेर पूजाआजा गरेका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित पाटन दरबार क्षेत्रमा रहेको प्रसिद्ध कृष्ण मन्दिर पुगेका थिए। उनले भगवान् श्रीकृष्णको पूजाआराधना गरी पुजारीबाट फूल तथा प्रसाद ग्रहण गरे।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा राष्ट्रप्रमुखले हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा पुगेर दर्शन तथा पूजाआजा गर्ने परम्परा रहँदै आएको छ।
राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा सांसद जगदिश खरेल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधि तथा मन्दिरका पुजारीहरूले स्वागत गरेका थिए।




प्रतिक्रिया