अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना


काठमाडौ -देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।

पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश १ का पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।

विभागका अनुशार आज राति देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा प्रदेश–१ का पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ ।