अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भवन शीतलनिवासमा एकसाथ प्रधानमन्त्री र प्रधानसेनापति

राष्ट्रपति भवन शीतलनिवासमा एकसाथ प्रधानमन्त्री र प्रधानसेनापति


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आआफ्नोतर्फबाट प्रतिवेदन बुझाएका छन् । 

प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् । 

‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता नभएर प्रतिवेददन बुझाउने काम मात्र भएको उहाँले बताउनुभयो । ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उहाँले भन्ननुभयो, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो ।’