काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार टर्की जाँदै हुनुहुन्छ । टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।
‘विज्ञहरुको भेलामा सहभागी हुन भोली टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा. खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
टर्की भ्रमणका बेला त्यहाँका समकक्षिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँले जनाउनुभयो । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उहाँले बतानुभयो । फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ । अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उहाँले बताउनुभयो ।
टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ ।







प्रतिक्रिया