अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखापत्रको महाप्रबन्धक लागि आवेदन माग

गोरखापत्रको महाप्रबन्धक लागि आवेदन माग


काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि आवेदन माग गरेको छ।

शुक्रबार एक सूचना जारी गरी सात दिन भित्र  ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकलाई दरखास्त पेश गर्ने भनिएको हो ।

कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र पत्रकारितामा ७ वर्ष अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । पत्रकार आचारसंहिता उल्लङ्घनअन्तर्गत सजाय नपाएको र प्रचलित नेपाल कानुन बमोजिम नियुक्ति हुन अयोग्य नठहरिएको हुनुपर्नेछ ।