अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान

काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिमको पूर्वानुमान


काठमाडौं- देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

रसुवा र नुवाकोट भई बहने भोटेकोसी, त्रिशूली तथा स–साना नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी दुई जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“मिति २०८३ भाद्र १० गते भोटेकोसी रसुवामा आएको बाढीपश्चात् हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ,” महाशाखाले भनेको छ ।

यस दिन दोलखा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालीकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तमोर, अरूण, भेरी, पश्चिम सेती, महाकालीलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।