अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय दूतावासको रात्रीभोजले मात्र नेताहरूको भोक मेटाउँदैनः अध्यक्ष पराजुली

भारतीय दूतावासको रात्रीभोजले मात्र नेताहरूको भोक मेटाउँदैनः अध्यक्ष पराजुली


काठमाडौं- नेकपा एकीकृत समाजवादी निकटको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भारतीय दूतावासको एक जना सामान्य कर्मचारीको विदाइको रात्रीभोजमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू सहभागी हुन कुटनीतिक मर्यादाविपरितको काम भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल मार्फत कटा टिप्पणी गर्दै अध्यक्ष पराजुलीले भारतीय दूतावासको भोजले मात्र नेताहरूको भोक नमेटिने बताउनुभयो ।

उहाँको भनाइ छ, ‘सामान्य कर्मचारी विदाईमा दुतावास दुतावास गएर रात्रीभोजमा सरिक हुने कुरा कुटनितिक मर्यादा विपरीत छ । यस्ता क्रियाकलापको बारेमा नेता नेतृत्वको सदैब आलोचन गर्नु पर्दछ । मर्यादा विपरित भोजले नेताहरु स्वयमको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पुर्‍याउँछ ।’