अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्री बन्न नपाएपछि कांग्रेस सांसद दोर्ण कुँवरले दिए राजीनामा

मन्त्री बन्न नपाएपछि कांग्रेस सांसद दोर्ण कुँवरले दिए राजीनामा


काठमाडौं-गण्डकी सरकारमा मन्त्री बन्न नपाएपछि नेपाली कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद दोर्ण कुमार कुँवरले सांसद पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश सभाका सभामुखलाई सम्बोधन गरी पत्र लेख्दै राजीनामा दिएका हुन् ।

उनी मन्त्री बन्ने दौडमा दिए । तर मुख्यमन्त्री एवं दल नेता सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री बनाउन इन्कार गरेपछि राजीनामा दिएका हुन् । गण्डकी प्रदेशमा बुधबार नेपाली कांग्रेस र नेकपा एमालेको सहमति अनुसार मुख्यमन्त्री बाहेक सबै मन्त्री हेरफेर भएका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार, नेपाली कांग्रेसबाट जीत शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।