अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकीका नवनियुक्त मन्त्रीले लिए शपथ


काठमाडौं-गण्डकी प्रदेश सरकारका नवनियुत्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरू नेपाली कांग्रेस र नेकपा (एमाले)का हुन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्।

नवनियुक्त मन्त्रीमा कांग्रेसबाट जित शेरचन आर्थिक मामिलामन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानीमन्त्री, रेखा गुरुङ सामाजिक विकासमन्त्री र नम्दु गुरुङ वन तथा वातावरणमन्त्री नियुक्त भएका हुन्। 

त्यस्तै, एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकासमन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्।