अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको मेयरमा कांग्रेसले सिर्जना सिंहलाई उठाउने, थप निर्णय गर्न बैठक बस्दै

काठमाडौंको मेयरमा कांग्रेसले सिर्जना सिंहलाई उठाउने, थप निर्णय गर्न बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उठाउने भएको छ । सिर्जना नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

प्रकाशमानले नै अन्य आकांक्षीहरू मिलाएपछि काठमाडौंमा उम्मेदवार बनाउन सहज भएको नेताहरूले बताएका छन् ।

बाँकी महानगर र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टुंगो लगाउँन केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । शीर्ष नेताहरूको बैठकमा विराटनगर र ललितपुरको मेयरबारे टुंगो लाग्न सकेको छैन ।

अन्य दलले मेयर पाएका पोखरा, बिरगन्ज र भरतपुरको उपमेयरमा पनि आकांक्षीहरूको ठूलो संख्या रहेकाले नेताहरू आन्तरिक छलफलमा छन् ।