अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा उठ्दै पत्रकार शान्ता आङबुहाङ

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा उठ्दै पत्रकार शान्ता आङबुहाङ


ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट पत्रकार शान्ता आङबुहाङ उठ्ने भएकी छन् ।

स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न आङबुहाङले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छन् ।

उनी महिला आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । केन्द्रीय अध्यक्षलाई पेस गरेको पत्रमा शान्ताले प्रेस स्वतन्त्रताको मर्मलाई मध्यनजर गर्दै राजीनामा दिएको उल्लेख गरेकी छन् ।

नेपाल पत्रकार महासंघले गत ८ गते महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको थियो ।