अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले, विप्लव र कांग्रेसको गठबन्धन

रोल्पाको सुनछहरी गाउँपालिकामा एमाले, विप्लव र कांग्रेसको गठबन्धन


रोल्पा – स्थानीय तह निर्वाचनका लागि रोल्पाको सुनछहरी गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपा माओवादीबीच चुनावी गठबन्धन भएको छ ।

चुनावी तालमेल गरेका एमाले र कांग्रेसले विप्लव नेतृत्वका नेकपाका स्वतन्त्र उमेदवारलाई अध्यक्षमा अघि सार्ने सहमति गरेका हुन् ।

सहमति अनुसार विप्लव नेतृत्वको नेकपाबाट सो पार्टीका केन्द्रीय सदस्य अमर झाँक्री गाउँपालिका अध्यक्षको उमेदवार बन्नेछन् ।

गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमति भएको छ । झाँक्री नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका छन् ।

७ वडा रहेको सुनछहरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ३÷३ वटा वडा र विप्लव नेतृत्वको नेकपालाई–१ वडा दिने सहमति भएको बताइएको छ ।