अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेबाट काठमाडौंमा स्थापितले मेयर र डंगोलले उपमेयरमा दर्ता गराए उमेदवारी

एमालेबाट काठमाडौंमा स्थापितले मेयर र डंगोलले उपमेयरमा दर्ता गराए उमेदवारी


काठमाडौं – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएको छ ।

पार्टीको तर्फबाट मेयरमा निर्वतमान वाग्मती प्रदेशसभा सांसद केशव स्थापितले उमेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपमेयरमा सुनिता डंगोलले उमेदवारी दर्ता गराउनुभएको छ । उहाँ पूर्व मिस नेवा हुनुहुन्छ ।

काठमाडौं महानगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचन एमालेले जितेको थिाये । राप्रपासँग गठबन्धन गरेर चुनाव लडेको एमालेबाट विद्यासुन्दर शाक्य मेयर बन्नुभएको थियो ।

आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता जारी छ । साँझ ५ बजेसम्म मनोनयन दर्ता गराउने समय निर्वाचन आयोगले दलहरुलाई उपलव्ध गराएको छ ।