अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्मार्ट लाइसेन्सको आवेदन खुल्दै, जुनसुकै यातायात कार्यालयमा परीक्षा दिन सकिने

स्मार्ट लाइसेन्सको आवेदन खुल्दै, जुनसुकै यातायात कार्यालयमा परीक्षा दिन सकिने


काठमाडौं – यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन पुनः सुरु गर्ने तयारी अघि बढाएको छ । विभागका अनुसार नयाँ प्रणालीमा आधारित रहेर “एक साताभित्रै“ आवेदन खुला गर्नेगरी तयारी अघि बढाइएको हो ।

नयाँ प्रणालीले जुनसुकै स्थानमा रहेका मानिसले देशको जुनसुकै यातायात कार्यालयबाट सेवा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराउने सरकारी दाबी छ । प्रविधिमा आधारित नयाँ प्रणाली प्रयोगमा आयसँगै सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विभागको भनाइ छ ।

लामो समयदेखि व्यवस्थित स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको आरोप खेपिरहेको विभागले गत चैत महिनाबाट आवेदन प्रणाली बन्द गरेको थियो । सरकारले ’चिप–जडित’ स्मार्ट लाइसेन्स जारी गरेपछि माग र आपूर्तिबीच सन्तुलन कायम गर्न नसक्दा पछिल्ला केही वर्षदेखि सवारीचालक अनुमतिपत्र प्राप्त गर्न निकै कठिनाइ भोग्नुपरेको सर्वसाधारणहरूको अनुभव छ ।