अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दसैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन

दसैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन


काठमाडौँ-बडा दसैँको अवसरमा काठमाडौँ उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ। दसैँका बेला सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका तीनवटा रुटमा कात्तिक ३ र ४ गते निःशुल्क बस सञ्चालन गरिएको हो।

प्रहरीले उपलब्ध गराएको पहिलो रुटको बस नक्सालबाट सुरु भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ।

त्यसैगरी दोस्रो रुटको बस नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एअरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार भएर पुनः नक्साल पुग्नेछ।

तेस्रो रुटको बस नक्सालबाट सुरु भएर सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एअरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्सालमा फर्किने व्यवस्था मिलाइएको छ।

निःशुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत कात्तिक ३ गते १६:०० बजेबाट तीनवटै रुटमा सञ्चालन हुनेछ। यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५:३० बजेबाट ती रुटहरूमा सञ्चालन हुने प्रहरीले जनाएको छ। यो सेवाले दसैँका बेला सवारीसाधन नपाएर सास्ती भोगिरहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।