अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एमालेले भोलि देशभर विरोध प्रदर्शन गर्दै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध एमालेले भोलि देशभर विरोध प्रदर्शन गर्दै


काठमाडौं – नेकपा एमालेनिकट भ्रातृ संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन्।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौं उपत्यकासहित बाहिर प्रत्येक जिल्लामा प्रर्दशन गर्न लागेका हुन्।

काठमाडौंको माइतीघर मण्डलामा जेठ १० गते (भोलि) दिउँसो ३ बजे विरोध प्रदर्शन गर्दै छन् । उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम वा उपयुक्त स्थानमा विरोध प्रदर्शन गर्ने युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिनु भयो ।