अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एनआइसी एशिया बैंकको नायब कार्यकारी अधिकृतमा सन्तोष राठी

एनआइसी एशिया बैंकको नायब कार्यकारी अधिकृतमा सन्तोष राठी


काठमाडौं – यस एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिओ)मा सन्तोष राठी नियुक्त गरेको छ । 

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीलाई बैंकको सञ्चालक समितिले मिति २०७९ साउन १ गतेदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट बैंकमा करिअर सुरु गर्नुभएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो । ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हाँसिल गरेका राठीलाई बैंकले नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । नेपालको बैंकिङ्ग क्षेत्रमा करीब २० वर्षको विभिन्न कार्यअनुभव संगाल्नुभएको श्री राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।