अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६८ वर्षमाथिकालाई वृद्धभत्ता

६८ वर्षमाथिकालाई वृद्धभत्ता


काठमाडौं – सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले ६८ वर्षभन्दा माथि उमेर समूहको लागि वृद्धभत्ता दिने व्यवस्था गरेको बताउनु भएको हो ।

योभन्दा अघि ७० वर्ष रहेकोमा यो वर्षदेखि २ वर्ष उमेर कम गराएको हो। त्यस्तै लिन नचाहनेहरुलाई सरकारले सम्मान दिने भएको हो। 

अहिले सामाजिक सुरक्षा भत्ता कुन क्षेत्रमा कति वितरण हुन्छ ?

  • ७० वर्ष उमेर पुगेको ज्येष्ठ नागरिकलाई ४ हजार रुपैयाँ
  • ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक ९साबिक कर्णालीका जिल्लाहरुमा बसोबास गर्ने नागरिक र देशभरका दलित नागरिक० लाई २ हजार ६६० रुपैयाँ
  • एकल महिला स् विवाह नगरी बसेका, ६० वर्ष उमेर पुगेका महिला, सम्बन्धविच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका ६० वर्ष उमेर पुगेका र पतिको मृत्यु भएका ६० वर्ष उमेर पुगेकालाई २ हजार ६६० रुपैयाँ
  • विधवा : पतिको मृत्यु भएका जुनसुकै उमेरकालाई २ हजार ६६० रुपैयाँ
  • पूर्ण अपाङ्गता भएका सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई ३ हजार ९९० रुपैयाँ
  • अति अशक्त अपाङ्गता स् सम्बन्धित निकायबाट ‘ख’ वर्ग अर्थात् नीलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुलाई २ हजार १२८ रुपैयाँ
  • लोपोन्मुख आदिवासी र जनजाति स् कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया, पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधियालाई ३ हजार ९९० रुपैयाँ
  • पिछडिएको क्षेत्र तथा जिल्ला र देशभरिका दलित परिवारका पाँच वर्ष उमेर ननाघेका एक आमाबाट जन्मिएका बढीमा दुई सन्तानलाई ५ सय ३२ रुपैयाँ