अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सरकारले सम्मान गर्ने

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सरकारले सम्मान गर्ने


काठमाडौं – सामाजिक सुरक्षा भत्ता नलिनेहरुलाई सरकारले सम्मान गर्ने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९/८० को बजेट विनियोजन गर्ने बताउनु भएको हो ।

सरकारले सामाजिक सुरक्षाको दायरा बढाउँदै ६८ वर्षमै वृद्ध भत्ता दिने भएको छ। तर सामाजिक सुरक्षा नलिने घोषणा गर्नेलाई सम्मान गर्ने कार्यक्रममा पनि शर्माले ल्याउनु भएको हो ।

यसअघि ७० वर्ष पुगेकालाई मात्रै वृद्ध भत्ता दिने गरिन्थ्यो। सरकारले शहिद परिवार, घाइते र एकल महिलालाई दिइने भत्तालाई निरन्तरता दिने भएको छ।

अर्कातिर सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका गरिव परिवारमा सुत्केरीलाई ५ हजार पोषण खर्च दिने भएको छ।