अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता


काठमाडौं – कुमारी बैंक र पोखरास्थित अन्नपूर्ण केबलकारबीच कुमारी बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पीओएसबाट भुक्तानी गर्दा १०५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन्।

सो सम्झौता पत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गर्नुभयो ।