अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटको ‘खरानी घर’ अवलोकन गर्दै एमाले अध्यक्ष ओली

बालकोटको ‘खरानी घर’ अवलोकन गर्दै एमाले अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो बालकोटस्थित निवासको अवलोकन गरेका छन्।

भदौ २४ गते भएको उक्त घटनाको एक वर्ष पूरा भएको अवसरमा अध्यक्ष ओलीले बुधबार भक्तपुरको बालकोटस्थित आगजनीबाट क्षतिग्रस्त घरको निरीक्षण गरेका हुन्। अवलोकनका क्रममा अध्यक्ष ओलीले आगलागीबाट भएको क्षति तथा त्यसपछिको अवस्थाबारे जानकारी लिएका थिए।

गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ओलीको निजी निवासमा आगजनी गरेका थिए। आगजनीबाट घरमा उल्लेख्य क्षति पुगेको थियो। उक्त घटनापछि सो घरलाई ‘खरानी घर’ का रूपमा चिनिन थालेको छ।

आगजनी घटनाको एक वर्ष पुगेको सन्दर्भमा गरिएको अवलोकनलाई एमालेले भदौ २४ को घटनाको स्मरण तथा त्यसको प्रभावबारे पुनः समीक्षा गर्ने अवसरका रूपमा लिएको जनाएको छ।