अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सम्झौता

न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच सम्झौता


काठमाडौं-मारुती सुजुकी गाडीको नेपालस्थित आधिकारिक विक्रेता न्यान्सी अटोमोबाइल्स प्रालि र प्रभु बैंक लिमिटेडबीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारजन तथा बैंकका डेबिट र क्रेडिट कार्डबाहकहरूले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका विभिन्न मोडलका गाडी खरिद गर्दा मोडलअनुसार अधिकतम १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका रिटेल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुनले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्। यो सम्झौता ७ सेप्टेम्बर २०२६ देखि लागू भई ६ सेप्टेम्बर २०२७ सम्म कायम रहने जनाइएको छ।

न्यान्सी अटोमोबाइल्सले ग्राहकलाई सहज तथा आकर्षक सुविधासहित सवारी साधन उपलब्ध गराउने उद्देश्यले बैंकसँग सहकार्य गरेको जनाएको छ। यस सम्झौताबाट प्रभु बैंकसँग आबद्ध कर्मचारी, परिवारजन तथा कार्डबाहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रभु बैंकले देशभर फैलिएका ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ।