अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा

१० घण्टापछि पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा


काठमाडौं- अविरल वर्षापछि अवरूद्ध भएको पृथ्वी राजमार्गको तनहुँ खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

गए राति १० बजेदेखि बन्दिपुर गाउँपालिका वडा नम्बर १ रिमाल्नीमा सडक अवरूद्ध भएको थियो। सडकमा जम्मा भएको हिलोमा बस फसेको थियो। बस निकालेपछि आज बिहान ८ बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गकै याम्पाफाँट लगायतमा सडक विस्तार गर्न हरेक रात पाँच घन्टा सडक बन्द गर्ने गरिएको छ। यी ठाउँ र रिमाल्नीमा सडक अवरूद्ध हुँदा यात्रुहरू गन्तब्यमा जान रोकिएका थिए।