अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर फ्लिन काठमाडौंमा


काठमाडौं – चार दिने नेपाल भ्रमणको सिलसिलामा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल चार्ल्स ए फ्लिन आज काठमाडौं आइपुग्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका रथी बालकृष्ण कार्कीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमण गर्नुअघि फ्लिनको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । फ्लिनले शुक्रबार प्रधानसेनापति शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । फ्लिन भारत हुँदै नेपाल आउनु भएको हो ।