अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चर्चित पप गायक जस्टिन बिबरको अनुहार पक्षघात

चर्चित पप गायक जस्टिन बिबरको अनुहार पक्षघात


वासिङटन डिसी – चर्चित पप गायक जस्टिन बिबरको अनुहारमा पक्षघात भएको छ। पक्षघातका कारण उहाँले यस हप्ताका कार्यक्रम रद्द गर्नुपरेको बताउनु भएको छ । २८ वर्षीय गायक जस्टिनले इन्स्टाग्राम भिडियो राख्दै आफूलाई ‘रामसे हन्ट सिन्ड्रोम’ले गर्दा अनुहारको आधा भागमा पक्षघात भएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘डियोमा पनि देख्न सकिन्छ मेरो एउटा आँखा झिम्केको पनि छैन । म मेरो अनुहारको एक छेउमा हाँस्न पनि सक्दिनँ। मेरो अनुहारको एक पक्ष पूर्ण रूपमा पक्षाघात भएको छ।’ रामसे हन्ट सिन्ड्रोम एक प्रकारको डर्मेटाइटिस (छालाको रोग) को प्रकोप भएको र यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन्। बीबरको जस्टिस वर्ल्ड टुरका तीन कार्यक्रमहरू यस हप्ताको सुरुमा स्थगित हुने घोषणा गरिएको थियो।

‘यस भाइरसले मेरो कान र मेरो अनुहारको स्नायुमा आक्रमण गरेको छ र मेरो अनुहार पक्षाघात भएको छ,’ क्यानाडाली गायकले आफ्नो अनुहारको दाहिने भाग देखाइएको तीन मिनेटको भिडियोमा भन्नुभएको छ। उहाँले आगामी शो शारीरिक रूपमा गर्न सक्षम नभएको बताउँदै आफ्ना फ्यानहरूलाई धैर्य गर्न आग्रह गर्नुभएको बिबिसीले जनाएको छ।

‘यो धेरै गम्भीर छ, तपाईंले देखिरहनुभएको छ। मैले यस्तो नहोस् भनेर चाहे पनि मेरो शरीरले भने मलाई केही समय आराम गर्नुपर्छ भनिरहेको छ। मलाई आशा छ, हजुरहरुले बुझ्नुहुनेछ। म यो समयलाई आराम गर्न र शतप्रतिशत उर्जा लिएर फर्किनका लागि मात्र प्रयोग गर्नेछु ताकि म जे गर्नको लागि जन्मेको हुँ त्यो गर्न सकूँ,’ उहाँले भन्नुभयो ।