अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खारेज भयो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा

खारेज भयो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा


एजेन्सी – पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ ।

एक अमेरिकी महिलाले रोनाल्डोमाथि लगाएको बलात्कारको मुद्दा अमेरिकी न्यायाधीश जेनिफर डोर्सीले मुद्दा खारेज गर्नुभएको हो ।

ती महिलाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाउनुभएको थियो । उहाँले सन् २०१८ मा रोनाल्डोविरुद्ध मुद्दा दर्ता गनुभएको थियो ।

तर आरोपित महिलाका वकिलले चुहावट र चोरीको रेकर्डको भरमा मुद्दा दर्ता गरिएको भन्दै अदालतले बलात्कार मुद्दा खारेज गरिएको हो ।

रोनाल्डोले भने सुरूदेखिनै बलात्कारको आरोप अस्वीकार गर्दै आउनुभएको थियो ।