अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खोटाङ जोड्ने फोकसिङटार पुल अलपत्र, छिटो सक्न एमाले प्रमुख सचेतकको अनुरोध

खोटाङ जोड्ने फोकसिङटार पुल अलपत्र, छिटो सक्न एमाले प्रमुख सचेतकको अनुरोध


काठमाडौं – नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङ जोड्ने सुनकोसी फोकसिङटार पुल निर्माण चाँडो सक्न सभामुख मार्फत सरकारलाई आग्रह गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले ७ वर्षदेखि निर्माण भएको पुलको निर्माण छिटो सक्न सरकारलाई अनुरोध गर्नुभएको हो ।

‘खोटाङ जिल्ला प्रवेश गर्ने लाइफ लाइनका रूपमा रहेको सुनकोसीको फोक्सिङटारको पुल ७ वर्षदेखि विलम्ब भइरहेको छ,’ भट्टराईले भन्नुभयो, ‘यो पुल शीघ्र निर्माण गर्नका लागि सडक विभागमा धर्ना बस्यौँ । ४ पटक ठेकेदार कम्पनी र मन्त्रालयलाई उपस्थित गराएर कागज गरायौँ ।’

तर, यतिधेरै दबाब दिँदा पनि पुल निर्माणको काम सम्पन्न नभएको उहाँको गुनासो थियो ।