अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर ६ सय मेगावाट बिजुली प्रसादको रूपमा दिईयो : सांसद सुवाल

मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर ६ सय मेगावाट बिजुली प्रसादको रूपमा दिईयो : सांसद सुवाल


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकको विकासका लागि उत्तरदायी नभएको आरोप सांसदले लगाएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री देउवाले नेपालका खोलानाला समेत बिक्री गरेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर ६ सय मेगावाट बिजुली प्रसादको रूपमा दिएको बताउनुभयो । भन्नुभयो, ‘प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनीमा ध्यान गर्न बोलाएर ६ सय मेगावाट बिजुली प्रसादको रुपमा दिनुभयो। के खोलानाला सबै प्रसादको रुपमा भारतलाई दिने हो ? यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ ।’

उहाँले प्रधानमन्त्री देउवाले केही दिनअघि लगानी बोर्डको बैठक राखी पश्चिम सेती जलविधुत परियोजन भारतको एकाधिकार पुँजीलाई दिने निर्णय गरेको भन्दै आपत्ती जनाउनु भयो । नेपालको जलस्रोत भारतलाई दिने, कोशी, गण्डकी, महाकाली कर्णालीलगायत एमसीसी सम्झौता खारेज गर्नुपर्ने उहाँको माग थियो ।