अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुरे काछका बासिन्दालाई बाढीपहिराकै त्रास

चुरे काछका बासिन्दालाई बाढीपहिराकै त्रास


महोत्तरी – मनसुन प्रभाव विस्तार हुँदै गएर सघन वर्षा भइरहेपछि जिल्लाको सुदूर उत्तरवर्ती चुरे काछका बासिन्दामा अहिले त्रास बढेको छ ।

जिल्लामा बर्दिबास नगरपालिकाका वडा नं ३, ४, ५, १० र ११ चुरे पहाडसँग जोडिएका छन् । चुरे पहाडी काछमा बसोबास गर्दै आएका यहाँका बासिन्दा कतिखेर बर्खे भेल र पहिराले पुरिने हो भन्ने चिन्ताले पिरोलिएका हुन् ।

“के गरम् हजुर, निन्द्रा लाग्दैन, कतिखेर कुन पाखा झर्ने हो भन्ने त्रास भइरहन्छ”, बर्दिबास–१० भाङ्ग्रे बस्तीकी सन्तमाया तामाङले भन्नुभयो, “बस्ती नजिकको पाखामाथि कालो बादल मडारिएको देखेपछि राति कसरी निदाउन सकिन्छ र रु” गत चैतमा बस्ती नजिकको तीनतले पाखामा सुक्खा पहिरो गएदेखि बिजुली कड्किनासाथ अब के हुने हो भन्ने त्रासले पिरोल्ने गरेको सन्तमायाको भनाइ छ ।

तीनतलेमा गत चैत ९ गते सुक्खा पहिरो गएर खयरमारा खोला थुनिएपछि बाहिर कतै जाने बाटो नपाएर काछवासीको महिनौँसम्म बाहिरी सम्पर्क टुटेको थियो । “न यहाँबाट बाहिर निस्कन सकिन्थ्यो, न बाहिरका कोही यहाँसम्म पुग्न सक्थे”, भाङ्ग्रेकै पवीमाया तामाङले भन्नुभयो, “नानीहरु काखमा च्यापेर घरै बसी रह्यौँ ।” करिब दुई सातापछि खयरमारा खोला थुनेको पहिराको गेग¥यान हटाइएपछि बाटो खुलेर हाटबजार जान आउन पाइएको पवीमाया सम्झनुहुन्छ ।