अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मृत्युको बीमा गर्न एमाले सांसद शेरबहादुर तामाङको माग

मृत्युको बीमा गर्न एमाले सांसद शेरबहादुर तामाङको माग


काठमाडौं – एमाले सांसद शेरबहादुर तामाङले मृत्युको पनि बीमा गर्ने कार्यक्रम ल्याउन माग गर्नुभएको छ ।

आईतबार प्रतिनिधि सभाको मन्त्रालयगत छलफलमा सहभागी हुंदै तामाङले यस्तो बिमाले गरिब तथा असहायको लागि अस्पतालमा उपचार गर्दाको खर्च बेर्होने तर्क गर्नुभयो ।

भन्नुभयो, ‘‘उमेर हद तथा रोगजन्य परीस्थितिले बाँचिदैन। तर, अस्पतालको बिलमा बाँचेकालाई साँच्चै अधमरोको जस्तो हुन्छ। मान्छे मर्छ तर बिल भने तिर्न नसक्ने हालतमा पुग्छ। उपचार गरेपछि बाँचेर आयो भने ठिकै छ तर यति बाँचिदैन भने यसको बीमा गरौं र राज्यले बेहोर्ने नीति ल्याऔं। यसले, मर्ने त मर्यो तर बाँचेकाको बाँच्नै नसक्ने स्थितिको अन्त्य हुन्छ।’