अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलको प्रश्न : पश्चिम सेती प्रतिस्पर्धाबिना भारतलाई दिनुको औचित्य के हो ?

भीम रावलको प्रश्न : पश्चिम सेती प्रतिस्पर्धाबिना भारतलाई दिनुको औचित्य के हो ?


काठमाडौं – एमाले सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी भारतको सरकारी कम्पनीलाई दिने निर्णयमाथि प्रश्न उठाउनुभएको छ । आजको प्रतिनिधिसभामा बोल्दै उहाँले ७५० मेगावाट क्षमताको आयोजना भारतीय कम्पनीलाई प्रतिस्पर्धाबिना दिनुको औचित्य नभएको बताउनुभयो ।

‘बुढीगण्डकी जलविद्युत् आयोजना प्रतिस्पर्धा बिनै चीनलाई दिइएको भन्दै खोस्ने प्रधानमन्त्रीले पश्चिम सेती निर्माणको जिम्मेवारी भारतलाई दिनुअघि बोलपत्र आह्वान भयो ?,’ रावलले प्रश्न गर्नुभयो । यस्तै, माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास सम्झौता भएको ८ वर्ष वितिसक्दा पनि पटक–पटक म्याद थपिराख्न नमिल्ने रावलको भनाइ छ ।