काठमाडौं -आज देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ । त्यस मध्ये प्रदेश नं १ र मधेसमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली भइ बाँकी भूभागहरुमा मौसम सफा रहने विभागले जनाएको छ।
प्रदेश नं १ का धेरै, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचटयाङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १ तथा मधेश प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।




प्रतिक्रिया