काठमाडौं- मोरङको बेलबारीमा तीनजना चढेको स्कूटर ट्रकमा ठोकिदा मंगलबार राती एक जनाको मृत्यु र दुईजना घाइते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–४ बेतना राती ११ बजे दुर्घटना भएको थियो। पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको हो ।
उनको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा बुधबार बिहानको १ बजेतिर मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए अनुसार स्कुटरको पछाडि बसेका पाँचथर मिक्लाजुङ (३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते छन। उनीहरू नोबेल अस्पतालमा उपचाररत छन।




प्रतिक्रिया