काठमाडौं- देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश १, मधेस, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने मौसमविद्को आकलन छ ।
हाल देशको प्रदेश नम्बर १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । साथै स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया