अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस

अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस


काठमाडौ -बुधबार विहान अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
अमेरिकी जियोलोजिकल सर्भे यूएसजीएसका अनुसार आफगानिस्तान र पाकिस्तानको बाक्लो बस्ती भएको स्थानमा महसुस गरिएको भूकम्प ६.१ म्याग्निच्युडको थियो।
भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दक्षिणपूर्वी सहर खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। अहिलेसम्म भूकम्पले के कति क्षती गर्यो भन्ने विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको धक्का अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस भएको थियो।