अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा बर्डफ्लु भेटियो

सुर्खेतमा बर्डफ्लु भेटियो


वीरेन्द्रनगर- सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखिएको छ ।
स्थानीय एक कृषकले व्यावसायिक रुपमा पालेको टर्की धमाधम मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँका अनुसार पशुपन्छी तथा रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको छ । पशु चिकित्सकको टोली सो क्षेत्रमा गएर थप अनुसन्धान गरिरहेको छ ।
उक्त फर्ममा साना ठूला गरी एक हजार ५ सय टर्की छन् । फर्ममा रहेका सबै टर्की प्रक्रियाअनुसार मारेर सुरक्षित रुपमा तिनको व्यवस्थापन गर्ने तयारी भइरहेको चपाईंले बताउनुभयो ।
चपाइँका अनुसार बर्डफ्लु देखिएको स्थानदेखि चारैतर्फको पाँच सय मिटर दुरीका सबै पंक्षी नष्ट गर्ने तयारी भइरहेको छ ।