काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा बडादसैँको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दशैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
आफूले टीका ग्रहण गरेपछि उनले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टीका र जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।



प्रतिक्रिया